शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सनातन वैदिक विवेचना कार्यक्रमको सन्तगाथा शृङ्खलामा पश्चिम नेपालका प्रसिद्ध सन्त मखनचोर बाबाका विषयमा प्रवचन गर्नुभएको छ । पृथ्वीनारायण शाहका समकालीन मानिएका मखनचोर बाबाको जन्मस्थल सल्यान जिल्लामा रहेको र उनले अष्टसिद्धि प्राप्त गरेकाले विभिन्न चामत्कारिक कार्यहरू गरेका कुराहरू पढ्न पाइन्छ ।