गुल्मीका लेखक शिव गौतमले बुटवलबाट काभ्रेपलान्चोक आई बनेपामा रहेको शब्दसाधक तीर्थको अवलोकन गर्नुभएको छ । उहाँले शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर र शब्दयात्रा प्रकाशन पुस्तकालयको पनि अवलोकन गर्नुभएको थियो । उहाँलाई शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले स्वागत गर्नुभएको थियो । लेखक शिव गौतमले शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीसँग सिर्जनशील लेखन र पुस्तकको सम्पादनसँग सम्बन्धित वार्तालाप गर्नुभएको थियो ।