विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण शब्दयात्रा प्रकाशनले विगतका वर्षहरूमा जति काम गर्न सकेन । तैपनि २०७७ साल साउनदेखि २०७८ साल असारसम्म केही कामहरू गरिएका छन् । जस्तै —
— आठवटा पुस्तक प्रकाशन गरी सार्वजनिक गरिएको छ । दुईवटा पुस्तिका पनि प्रकाशन गरिएका छन् ।
— ‘शब्दसञ्चार’ रेडियो कार्यक्रम दुई महिना स्थगित गरी अन्य समयमा नियमित रूपमा सञ्चालन गरिएको छ ।
— हरेक वर्ष समर्पण गरिने विभिन्न विधाका १८ वटा सम्मान समर्पण गरिएका छन् ।
— शब्दयात्रा कर्मशीलता पुरस्कार समर्पण गरिएको छ ।
— द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति प्रदान गरिएको छ ।
— काभ्रेली पत्रकारद्वयलाई कदरपत्र प्रदान गरिएको छ ।
— अक्षयकोषका लागि तीन लाख रुपियाँ प्राप्त गर्न सकिएको छ ।
— शब्दयात्रा स्तम्भ निर्माण गरी अनावरण गरिएको छ ।
— सालिक स्थापनाका सहयोगीहरूको नामावली रहेको अभिलेख राखिएको छ ।
— सरस्वती मन्दिरको गजुर निर्माण गर्नुका साथै बार बार्ने कार्य सम्पन्न गरिएको छ ।
— सालिक वरिपरि बार थप्ने काम गरी शब्दसाधक तीर्थको बोर्ड राखिएको छ ।
— शब्दयात्रा प्रकाशनको आजीवन सदस्यका रूपमा ६ जनालाई थप गरिएको छ ।
— विभिन्न व्यक्तिहरूबाट शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि पुस्तकहरू प्राप्त गरेको छ ।
— ‘कर्मयोद्धासँग शब्दसंवाद’ प्रवचन कार्यक्रम अनियमित रूपमै भए पनि अनलाइनबाट सञ्चालन गरिएको छ ।
— शब्दयात्रा प्रकाशनको भक्तपुर सम्पर्क केन्द्र बनाइएको छ । त्यस केन्द्रले प्राञ्जल नेपाल र छन्दकविता मञ्चसँग सहकार्य गरेर अनलाइनबाट नवकवितावाचन कार्यक्रम गरिरहेको छ ।
— राष्ट्रका विशिष्ट व्यक्तित्वहरूलाई शब्दसाधक तीर्थको अवलोकन गराइएको छ ।
— केही पुस्तकालयलाई पुस्तकहरू उपहारस्वरूप प्रदान गरिएका छन् ।
यसबाट कोरोनाको प्रकोप भएको समयमा पनि सुरक्षाका सम्पूर्ण उपायहरू अवलम्बन गरी आवश्यक कार्यहरू सम्पन्न गर्न शब्दयात्रा प्रकाशन सञ्चालक समिति यथासम्भव प्रयत्नरत रहेको देख्न सकिन्छ । यिनै कार्यक्रमहरूलाई निरन्तरता दिँदै विभिन्न जिल्लाका राष्ट्रिय प्रतिभाहरूका लागि पुरस्कार कोषको थप व्यवस्था गर्न पनि सुरु गरिएको छ । यी कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै महानुभावमा शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।