शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले बीजक ग्रन्थको नेपाली अनुवाद गर्ने अनुवादक कवीर सम्प्रदायका नेपाली सन्त आज्ञासाहेब लीलाबहादुर थापाका विषयमा प्रवचन गर्नुभएको छ । हरेक आइतबार बिहान सनातन वैदिक विवेचना कार्यक्रम अन्तर्गत नेपाली सन्तहरूका विषयमा जानकारी गराउने क्रममा उहाँले नेपाली सन्त आज्ञासाहेबका विषयमा प्रवचन गर्नुभएको हो ।