शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसी भक्तपुर जिल्लाका पुराना पत्रकारका रूपमा स्वतन्त्र पत्रकार सङ्घ नेपाल भक्तपुर जिल्ला शाखाले सम्मान गरेको छ । उनले २०१५ सालमा तत्कालीन नेपाल संवाद समितिमा आबद्ध भई पत्रकारिता गरेका थिए । उनी यसअघि स्वतन्त्र पत्रकार सङ्घ नेपालको भक्तपुर जिल्ला शाखाका अध्यक्ष पनि थिए । आफ्नो दुईवर्षे कार्यकालमा पत्रकारितासम्बन्धी विविध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरी संस्थालाई अगाडि बढाउन विशेष कार्य गरेबापत उनलाई सम्मान गरिएको थियो ।