सम्पादित १ सय २९ औँ पुस्तक ‘जीवनचन्द्र कोइराला ः व्यक्ति एक व्यक्तित्व अनेक’ ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । अग्रज लोकसंस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले उक्त पुस्तकलाई सार्वजनिक गर्नुभएको हो ।
उक्त पुस्तकमा ५२ जना लेखकहरूले ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाका विषयमा लेखेका लेख तथा संस्मरणहरू र अन्य केही सामग्रीहरू राखिएका छन् । जम्मा २ सय ५६ पृष्ठको उक्त पुस्तकको मूल्य ३ सय ५० रुपियाँ राखिएको छ ।
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट २०७७ सालमा सम्मानित हुनुभएका ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको निधन २०७८ साल वैशाख २९ गते भएको थियो ।