शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिबाट अभिवन्दना गरिएको छ । नेपालको राजनीतिक, सामाजिक, धार्मिक, आध्यात्मिक, साहित्यिक र शैक्षिक क्षेत्रको समुन्नयनका लागि शब्दसाधनाका माध्यमले तपाईंले पु¥याउनुभएको योगदान अतुलनीय छ भन्दै उहाँलाई समर्पण गरिएको अभिवन्दनापत्रमा शब्दका सारथिका रूपमा उहाँको उच्चतम योगदानको कदर गरिएको कुरा उल्लेख गरिएको छ ।
विश्व हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समिति बाँसबारी काठमाडौँका तर्फबाट हरि मञ्जुश्रीको निवासमै पुगी यही साउन ८ गते शनिबार उहाँलाई महासचिव अरुणकुमार पाण्डेले अभिवन्दनापत्र हस्तान्तरण गर्नुभएको थियो । त्यस बखत शारदाप्रसाद शर्मा, निर्मला श्रेष्ठ, सकुल थापा, अमृत अधिकारी आदिको पनि उपस्थिति रहेको थियो ।