साहित्यकार तथा पूर्वप्रशासक कृष्ण जोशीले हरेक वर्ष भोजपुरे प्रतिभालाई पुरस्कृत गर्ने गरी शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख एक हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । भोजपुर जिल्लामा जन्मेर कुनै पनि विधाबाट योगदान गरेको ५० वर्षभन्दा कम उमेरको व्यक्तिलाई पुरस्कृत गर्नका लागि उहाँले अक्षयकोषमा उक्त रकम राखिदिनुभएको हो ।
उक्त रकम साहित्यकार तथा पूर्वप्रशासक कृष्ण जोशीले शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको छ । श्री जोशी शब्दयात्रा प्रकाशनबाट २०७२ सालमा कविताकाव्य सम्मानद्वारा सम्मानित कवि हुनुहुन्छ ।