शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रद्वारा आयोजित जुम कार्यक्रममा ‘नेपाल, भारतवर्ष र हिन्दूस्थान’ विषयमा प्रमुख वक्ताका रूपमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले मन्तव्य व्यक्त गर्नुभयो । उहाँको मन्तव्यप्रति बुद्धिनारायण श्रेष्ठ, चन्द्रमान प्रधान, मच्छेश्वर सापकोटा, पदम दाहाल, सुनील सापकोटा, निर्मला श्रेष्ठ, नवीना श्रेष्ठ, साधुराम गिरी, प्रजापति तिमिल्सिना, शिव बन्जारा, पशुपतिमान पःमा आदिले आदिले प्रतिक्रिया र सुझाव दिनुभयो । कार्यक्रमका सञ्चालक जीवनाथ अधिकारी र सभाध्यक्ष डा. इन्दुल केसी हुनुहुन्थ्यो । पूर्णबहादुर कार्की, पुण्यवती घले, अमृत अधिकारी, कृष्ण किसी, लालबहादुर भुजेल, शारदाप्रसाद शर्मा आदि पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो